Logo

ब्याजदर नियन्त्रण गर्ने जिम्मा गभर्नरलाई, मौद्रिक नीतिमार्फत सम्बोधन गरिने

ब्याजदर नियन्त्रण गर्ने जिम्मा गभर्नरलाई, मौद्रिक नीतिमार्फत सम्बोधन गरिने



काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले बजारमा देखिएको ब्याजदर सम्बन्धी समस्या मौद्रिक नीतिले गर्ने बताएका छन् । आज अर्थमन्त्रालमा बैंकर र उद्योगीबीच भएको छलफल पश्चात अर्थ मन्त्री खतिवडाले बजारमा देखिएको ब्याजदर समस्या मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामार्फत गरिने आश्वासन दिएका हुन् । व्यवसायी र बैंकरबीचको छलफल पश्चात अर्थमन्त्रीले गभर्नरलाई मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामार्फत ब्याजको समस्या समाधन गर्न सुझाब दिएका हुन् ।

अर्थमन्त्रालयमा दिउँसो ३ बजोदेखि भएको छलफलमा उद्योगी र बैंकरबीच आरोप प्रत्यारोपको अबस्था सिर्जना भएको थियो । दुबै पक्षको छलफलपछि अर्थमन्त्री खतिवडाले बैंकरलाई गम्भिर हुन निर्देशन दिँदै अहिले देखिएको उच्च ब्याजदरको सम्बोधन मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामार्फत हुने जानकारी दिएका हुन् ।

अर्थमन्त्रीले पटक पटक बैंक र व्यवसायी दुई हात भएको भन्दै एक आपसमा मिल्न आग्रह गर्दै आएका थिए । तर, व्यासायीले प्रधानमन्त्रीबाटै जर्वजस्ती ब्याजदर नियन्त्रण गर्न निर्देशन दिन लगाएपछि अर्थमन्त्रीले आज आफ्नै कार्यलयमा बैंकर र व्यवसायीबीच छलफल राखेका थिए ।

राष्ट्र बैंकले यसै हप्ताको बुधबार मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्रीले मौद्रिक नीतिमार्फत ब्याजदरको समस्या सम्बोधन गरिने जानकारी दिएपछि बेलुकी सवा ५ बजे व्यवसायी र बैंकरबीचको छलफल टुङ्गिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL