Logo

लाईफ इन्स्योरेन्स कर्पोरेशन र कामना सेवा विकास बैंकबीच सम्झौता, बैंकमार्फत बीमा सेवा

लाईफ इन्स्योरेन्स कर्पोरेशन र कामना सेवा विकास बैंकबीच सम्झौता, बैंकमार्फत बीमा सेवा



काठमाडौं । कामना सेवा विकास बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशनबीच एक सम्झौता भएको छ । बैंक र ईन्स्योरेन्स कम्पनीबीच आईतबार बैंकमार्फत बीमा सेवा उपलब्ध गराउने उद्देष्यले उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६४ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जानकारी दिएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL