Logo

सेयरधनीलाई ४ प्रतिशतले लाभांश दिने सिभिल बैंकको निर्णय, स्वीकृतिका लागि राष्ट्र बैक पठाउँदै

सेयरधनीलाई ४ प्रतिशतले लाभांश दिने सिभिल बैंकको निर्णय, स्वीकृतिका लागि राष्ट्र बैक पठाउँदै



काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट सेयरधनीलाई ४ दशमलब ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

laxmi

बैंकले चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३ सय ६१ रुपैयाँको ४ दशमलब ५ प्रतिशतले हुन आउने २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै उक्त नगद लाभांश सेयरधनीलाई वितरण गरिनेछ । कम्पनीका अनुसार यही फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

आव २०७३÷७४ मा लाभांश घोषणा गरेपनि सेयरधनीले हालसम्म पाएका छैनन् । सो आवमा बैंकले वार्षिक साधारणसभा नै नगरेका कारण सेयरधनीले लाभांश पाउन नसकेका हुन् । सो आवमा बैंकले १० दशमलब २५ प्रतिशत सेयर लाभांश र त्यसमा लाग्ने कर प्रयोजनका लागि ० दशमलब ५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

बैंकले आव २०७२÷७३ मा २ दशमलब ८८ प्रतिशत सेयर लाभांश दिएको थियो । तर आव २०७३÷७४ मा वार्षिक साधारणसभा समेत गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
MBL