Logo

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व, आंखा अस्पताललाई आर्थिक सहयोग

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व, आंखा अस्पताललाई आर्थिक सहयोग



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नेपाल आंखा अस्पताल त्रिपुरेश्वरलाई आर्थिक सहयोग गरेको छ । सर्लाहीको भगवतीपूर तथा मंलगवामा आयोजित ८ दिने आंखा शिविर संचालनको लागि उक्त सहयोग गरेको बैंकले जानकारी दिएको छ ।


बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । डा. इन्दु प्रसाद ढुङ्गेगलको संयोजकमा उक्त शिविरमा करिब १८ सय जनाको उपचार तथा १ सय ६४ जनाको मोतिविन्दुको शल्यकृया भएको थियो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले उत्तः रकम बराबरको चेक अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखा र ६ एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर ९६ शाखा तथा २ एक्स्टेन्सन काउन्टरहरुका साथै १३ शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL