Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, ३ सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, ३ सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण



काठमाडौं । सिटिजन्स बैंकले दाङका ३ सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।बैंकले दाङ घोराही शाखा कार्यालयमा आयोजित एक कार्यक्रमबीच बालकल्याण माध्यमिक विद्यालय खैरा, सौडियारको जनकल्याण प्राथमिक विद्यालय र वंगलाचुली गाउँपालिकाको माध्यमिक विद्यालय भेडावारी मुलावारीलाई कम्प्युटर हस्तान्तरण गरिएको हो ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सूचना प्रविधिमा आएको आमूल परिवर्तनसँग परिचित बनाउनका निम्ति बैंकले यो कार्यक्रम संचालन गरेको हो । यस बाट उक्त क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बढ्न सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

बैंकले ८१ शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड लगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै बैंकले भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पोस मेशिन वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL