Logo

बैंक अफ काठमाडौंको नाफा ३३ प्रतिशतले वृद्धि, इपीएसमा सुधार आउँदा खराब कर्जा बढ्यो

बैंक अफ काठमाडौंको नाफा ३३ प्रतिशतले वृद्धि, इपीएसमा सुधार आउँदा खराब कर्जा बढ्यो



काठमाडौं । बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको छ महिनामा ७३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आर्थिक बर्षको सोही अबधिको तुलनामा ३३ प्रतिशतले बढी हो ।

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५५ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर, यो बर्ष बैंकले नियामकिय समायोजन पछि पनि ६६ करोड रुपैयाँ मुनाफा गर्न सफल भएको छ ।

बैंकले ब्याज आम्दानीमा वृद्धि गरेसँगै समग्र नाफामा सुधार गरेको हो । सो अबधिमा बैंकले १ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याजदर आम्दानी गरेको छ । जसमा लागि बैंकले ८० अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

चुक्ता पूँजी ७ अर्ब ७ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६ अर्ब १२ करोड रुपैयाँ छ । सो अबधिसम्म आईपुग्दा अन्य बैंकले आधार व्याजदर घटाउँदा बैंक अफ काठमाडौंको भने बढेर १० दशमलव ६० प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि बढेर २० रुपैयाँ रहेको छ ।

आधार ब्याजदर तथा प्रतिसेय र आम्दानी बढेको सो बैंकको खराब कर्जा समेत बढ्न पुगेको छ । सो अबधिमा बैंकको खराबकर्जा बढेर कुल कर्जा प्रवाहको २ दशमलव ०८ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL