Logo

डडेलधुरा पुग्यो प्रभु बैंक, आईतबारदेखि नयाँ शाखा संचालनमा

डडेलधुरा पुग्यो प्रभु बैंक, आईतबारदेखि नयाँ शाखा संचालनमा



काठमाडौं । प्रभु बैंकले डडेल्धुरामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

laxmi

बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं ४ मा नवदुर्गा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन ।
नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस नवदुर्गा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL