Logo

सेयर संरचना परिवर्तन गर्दै प्रभु बैंक, फागुन १९ मा बोलायो साधारणसभा

सेयर संरचना परिवर्तन गर्दै प्रभु बैंक, फागुन १९ मा बोलायो साधारणसभा



काठमाडौं । प्रभु बैंकले आफ्नो सेयर संरचनामा परिवर्तन गर्ने भएको छ । बैंकले हाल भएको संस्थागत तर्फको सेयरलाई साधारणमा परिमार्जन गर्न लागेको हो ।

बैंकको संस्थागत र साधारण शेयरधनीको सेयर संरचना परिवर्तन गर्दै साधारणको ४५ र संस्थापकको ५५ प्रतिशत हुने गरी परिमार्जन गर्न लागेको हो । जसका लागि बैंकले फागुन १९ गतेलाई साधारणसभा बोलाएको छ । हाल बैंकको सेयर संरचना साधारणतर्फ ३८ दशमलव ३९ र संस्थागततर्फ ६१ दशमलव ३९ प्रतिशत हिस्सा रहेको छ ।

सोही साधारणसभाले लगानीकर्तालाई ८ प्रतिशत लाभांस दिने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL