Logo

एडीबी र एएफडीबीच ५ अर्ब डलर लगानी गर्ने सम्झौता, शहरी यातायात परियोजना अघि बढाउन सहमती

एडीबी र एएफडीबीच ५ अर्ब डलर लगानी गर्ने सम्झौता, शहरी यातायात परियोजना अघि बढाउन सहमती



काठमाडौं । एसियाली विकास बैंक (एडीबी) र एजेन्स फ्रान्स डिभलपमेन्ट (एएफडी) बीच संयुक्त लगानीका परियोजनामा ५ अर्ब डलर लगानी गर्ने सहमती भएको छ । दुबै संस्थाबीच यसअघि तीन अर्ब डलर लगानी गर्ने सम्झौता भएकोमा अब आगामी ५ बर्षका लागि ५ अर्ब डलर लगानी गर्ने भएका हुन ।

उक्त रकम एसिया र प्रशान्त क्षेत्रका मुलुकमा सञ्चालन हुने संयुक्त लगानीका परियोजनामा लगानी हुनेछ ।

सन् २०१६ देखि २०२२ सम्मका लागि गरिएको उक्त साझेदारी फ्रेमवर्क सम्झौता (पीएफए) अन्तर्गत परियोजनाहरु छनौट र प्रवद्र्धन गरिने एडीबीले जानकारी दिएको छ ।

एडीबीका अनुसार ५ अर्ब डलरमध्ये दुबै संस्थाबाट आधा आधा व्यहोरिनेछ । साथै, दुबै संस्थाले सहरी यातायातका क्षेत्रमा परियोजना अगाडि बढाउन पनि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL