Logo

सनराइज बैंकको शाखा स्थानान्तरण, एटिएम पनि पुग्यो लहान

सनराइज बैंकको शाखा स्थानान्तरण, एटिएम पनि पुग्यो लहान



काठमाडौं । सनराइज बैंक लिमिटेडले सिरहाको लहान नगरपालिका ८ स्थित शाखा कार्यालय स्थानान्तरण गरेको छ ।

स्थानान्तरण गरेको शाखाको आईतबार एक कार्यक्रमबीच उद्योग वाणिज्य महासंघ नेपालका उपाध्यक्ष किशोर प्रधान तथा उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्यले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

साथै प्रदेश सभा सदस्य एवंम् पूर्व मेयर लगनलाल चौधरीले लहान शाखाको एटिएमको उद्घाटन गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले १ सय २ शाखा, १ सय १४ एटिएम, २८ शाखारहित बैंकिङ सेवा र ४ एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL