Logo

ज्योति विकास बैंकको नयाँ शाखा धरानमा, शाखा संख्या ८६ पुग्यो

ज्योति विकास बैंकको नयाँ शाखा धरानमा, शाखा संख्या ८६ पुग्यो



काठमाडौं । ज्योति विकास बैंकले सुनसरी जिल्लाको धरानमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले धरान उपमहानगरपालिका वडा नं १२ मा रहेको उक्त नयाँ शाखा औपचारिक रुपमा संचालनमा ल्याएको हो ।

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उक्त शाखाको उद्घाटन गरेका हुन ।

हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

यस्तै बैंकले यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL