Logo

शाखा विस्तारमा एग्रेसिभ हुँदै ज्योति विकास बैंक, एकै दिन संचालनमा ल्यायो ५ नयाँ शाखा

शाखा विस्तारमा एग्रेसिभ हुँदै ज्योति विकास बैंक, एकै दिन संचालनमा ल्यायो ५ नयाँ शाखा



काठमाडौं । ज्योति विकास बैंकले एकैदिन विभिन्न स्थानमा ५ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बुधबार विभिन्न स्थानमा कार्यक्रमहरुको आयोजना गर्दै ५ स्थानमा आफ्ना नयाँ शाखा संचालनमा ल्याएको हो ।

बैंकले सर्लाहीको हरिवन, सप्तरी जिल्लाको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएशो हरिवन नगरपालिका वडा नं ११, हरिवनमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरेका हुन ।

त्यसैगरी रुपनी गाउँपालिका वडा नं १, रुपनीबजारमा रहेको नयाँ शाखाको रुपनी गाँउपालिकाका मेयर हरेराम यादव तथा बैंकका संचालक छत्रमान श्रेष्ठ र बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ३ मा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी नेपाल राष्ट्र बैक विरगंजका निर्देशक रविन्द्र महर्जन तथा बैंकका सञ्चालक ध्रुव कोइरालाले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

बैंकले बुधबार नै ५ नयाँ शाखाहरुको संचालन गरेसँगै बैंकका शाखा संखया ८५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL