Logo

नविल बैंकले कमायो ६ महिनामै २ अर्ब रुपैयाँ, गतबर्षको तुलनामा २१ करोडले वृद्धि

नविल बैंकले कमायो ६ महिनामै २ अर्ब रुपैयाँ, गतबर्षको तुलनामा २१ करोडले वृद्धि



काठमाडौं । नविल बैंकले गएको ६ महिनामै २ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले चालु आबको पुस मशान्तसम्म गत वर्षको पुस मसान्तको भन्दा २१ करोड रुपैयाँले बढी नाफा कमाएको हो । गत बर्षको पुसमा बैंकले १ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको  थियो ।

पछिल्लो ३ महिनामा मात्रै बैंकले १ अर्ब ११ करोड नाफा वृद्धि गरेको छ ।

असोज मसान्तमा १ अर्ब ८४ करोड ब्याज आम्दानी गरेको बैंकले पुस मसान्त आईपुग्दा ३ अर्ब ६१ करोड पुर्याउन सफल भएको हो ।
बैंकले ३ महिनामा निक्षेप ६ अर्बले वृद्धि गरेको छ । असोज मसान्तमा १ खर्ब ४३ अर्ब निक्षेप संकलन गरेको बैंकले पुस मसान्तमा १ खर्ब ४९ अर्ब पुर्याएको हो ।

बैंकले कर्जा लगानी ३ महिनामा २ अर्बले मात्रै बढाएको छ । असोजमा १ खर्ब २८ अर्ब कर्जा लगानी गरेको बैंकले पुसमा १ खर्ब ३० अर्ब मात्रै पुर्याएको छ । नविलको खराब कर्जा ०.६२ प्रतिशत मात्रै छ ।
बैंकको प्रति सेयर आम्दानी भने ५४ दशमलव ५० रुपैंयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL