Logo

ग्लोबल आईएमईको १२ औँ बार्षिकोत्सव, वित्तीय साक्षरताको लागि प्रभातफेरि

ग्लोबल आईएमईको १२ औँ बार्षिकोत्सव, वित्तीय साक्षरताको लागि प्रभातफेरि



काठमाडौं । ग्लोबल आइएमई बैंकले १२ औँ बर्ष पूरा गरि १३औँ बर्षमा प्रबेश गरेको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

१२ औँ बार्षिकोत्सवको अवसरमा बैंकले शनिबार वित्तीय साक्षरता जगाउने उद्धेश्यले काठमाडौंमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो ।

‘बचत गरौँ’ भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीर हस्पिटल, जमल हँुदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले काठमाण्डौँ उपत्यकामा मात्र नभएर काठमाण्डौ बाहिर बिभिन्न ठाउँहरु, बिराटनगर, लाहान, नारायणघाट, बुटवल, पोखरा, नेपालगञ्ज, लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो ।

१२ औँ वार्षिकोत्सवमा विभिन्न कार्यक्रमको आयोजना गर्ने क्रममा बैंकले यसअघि रक्तदान एवम् निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL