Logo

जनता बैंकले गर्याे बराक साजन एक्स्चेन्ज सँग सम्भौता, बेलायतबाट पनि रेमिट्यान्स सेवा

जनता बैंकले गर्याे बराक साजन एक्स्चेन्ज सँग सम्भौता, बेलायतबाट पनि रेमिट्यान्स सेवा



काठमाडौं । जनता बैंकले बराक साजन एक्स्चेन्ज लिमिटेड बेलायतसँग सम्झौता गरेको छ । बैंकले बेलायतबाट नेपालमा रेमिट्यान्स सेवा संचालनमा लागि भनेर उक्त कम्पनीसँग रेमिट्यान्स सम्भौता गरेको हो ।

बैंकको आन्तरिक रेमिट्यान्स सञ्जाल देश भित्रकै ठूलो मध्येको १ रहेको बैंकले जानकारी दिएको छ । बैंकले यसै आर्थिक बर्ष देखि भारत लागएत अन्य देशबाट समेत इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ ।

बराक साजन एक्स्चेन्ज लिमिटेड ईङ्ल्याण्ड र वेल्समा एक्स्चेन्ज कम्पनीको रुपमा आबद्ध भएको बराक बैंक लिमिटेड, बंगलादेशको भगिनि संस्था हो । भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको ठूलो समुदायमा एक्स्चेन्ज सेवा पु¥याउदै आएको बराक साजन एक्स्चेन्ज लिमिटेडले यो संझौता सँगै पहिलो पटक नेपाली समुदायमा पनि सेवा प्रारम्भ गर्नेभएको छ ।

बराक साजन एक्स्चेन्ज लिमिटेडले निकट भविष्यमै पोल्याण्ड, इटली, पोर्चुगल र स्पेनमा पनि आफ्नो सेवा विस्तार गर्दैछ । उक्त सेवा पश्चात ति मुलुकमा रहेका नेपालीहरुले समेत जनता रेमिट मार्फत नेपालमा पैसा पठाउन सक्नेछन् ।

उक्त रेमिट सेवाबाट पठाइएको रकम देशभरी रहेका जनता बैंकको १ सय २९ शाखाबाट भुक्तानी लिन अथवा जनता बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्न सकिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL