Logo

प्रभु बैंकको सिईओमा अशोक शेरचन पुनः नियुक्त, थपियो ४ बर्षे कार्यकाल

प्रभु बैंकको सिईओमा अशोक शेरचन पुनः नियुक्त, थपियो ४ बर्षे कार्यकाल



काठमाडौं । प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचनलाई पुनः नियुक्त गरेको छ । बैंक संचालक समितिको माघ १० गते बसेको बैठकले शेरचनलाई पुनः सीईओ पदमा नियुक्त गरेको हो ।

संचालक समितिले उनलाई आगामी ४ बर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो । उनले दोस्रो कार्यकाल यही माघ १८ गतेदेखि सम्हाल्नेछन् । उनी तत्कालिन समयमा प्रभु विकास बैंकको सीईओ हुँदै मर्जर तथा एक्विजिशन पनि प्रभु बैंकको सीईओ भएका थिए ।

भर्खरै मात्र वित्तीय विवरण सार्वजनिक गरेको प्रभु बैंकले चालू आर्थिक बर्षको पहिलो ६ महिनामा आफ्नो नाफामा ७५ प्रतिशतले बढाउँदै १ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरको छ । शेरचनकै नेतृत्वमा बैंकले खराब कर्जा उठौतीमा सफलता हात पार्नुका साथै निक्षेप संकलन तथा कर्जा विस्तारमा पनि उल्लेख्य सफलता हाल पारेको छ । यसैगरी सो अबधिमा बैंकको प्रतिसेयर आम्दानीमा समेत वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL