Logo

सिटिजन्स बैंकको नाफा २२ प्रतिशतले बढ्दा ग्लोबलले बढायो २५ प्रतिशत, यस्ता छन इन्डिकेटर

सिटिजन्स बैंकको नाफा २२ प्रतिशतले बढ्दा ग्लोबलले बढायो २५ प्रतिशत, यस्ता छन इन्डिकेटर



काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक बर्षको ६ महिनामा ७७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो नाफा गत बर्षको सोही अबधिको तुलनामा २२ प्रतिशतले बढी हो । तर सो नाफा नियामकीय समायोजन पछि ६५ करोड ९६ लाख रुपैयाँमा झर्ने छ ।

सो अबधिमा बैंकले ६५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको छ । बैंकको प्रति सेयर आम्दानीमा सामान्य वृद्धि भई १८ रुपैयाँ ४२ पैसा पुगेको छ ।

यसैगरी आजैमात्र वित्तीय विवरण सार्वजनिक गरेको ग्लोबल आइएमई बैंकले पुसमसान्त सम्ममा १ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले यो नाफा गत आबको सोही अबधिको तुलनमा २५ प्रतिशतले बढी हो ।

बैंकले सो अबधिसम्म आईपुग्दा १ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

सो अबधिमा बैंकले ब्याज आम्दानीमा वृद्धिसँगै खराब कर्जा उटौतीमा पनि उच्च सुधार गरेको छ । गत आबको पुस मसान्तमा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको १ दशमलव ६१ प्रतिशत रहेकोमा चालू आबको सोही अबधिमा आईपुग्दा शुन्य दशमलव ७५ प्रतिशतमा झरेको छ ।

बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ८५ पैसा रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL