Logo

मुक्तिनाथ विकास बैंकको शाखा ललितपुरको कुपण्डोलमा, विहीबार बाट औपचारिक सेवा

मुक्तिनाथ विकास बैंकको शाखा ललितपुरको कुपण्डोलमा, विहीबार बाट औपचारिक सेवा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो नयाँ शाखा ललितपुरको कुपण्डोलमा संचालनमा ल्याएको छ ।
बैंकले विहीबार एक कार्यक्रमका बीच उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन । शाखा कार्यालय उद्घाटन गर्दै महर्जनले बैंकिङ कारोवारमा सहज र सरल हुनुपर्नेमा जोड दिएका छन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।

मुक्तिनाथ विकास बैंकको हाल सम्म काठमाण्डौ उपत्यका भित्र कुपण्डोल लगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँ बानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर, जोरपाटी, ठमेल र भक्तपुरको कमलविनायक गरी १४ शाखाहरु संचालनमा ल्याईसकेको छ ।

यस्तै इमाडोल, भैसेपाटी, ठिमी, बनेपा, ढुङ्गेअड्डा, बत्तीसपुतलीबाट पनि छिटै औपचारिक रुपमा सेवा सञ्चालनको तयारी गरिरहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL