Logo

हायर पर्चेज कर्जा दिने कम्पनीको चुक्ता पूँजी ३० करोड पुग्यो, तोकियो स्प्रेडदर

हायर पर्चेज कर्जा दिने कम्पनीको चुक्ता पूँजी ३० करोड पुग्यो, तोकियो स्प्रेडदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गरेको छ । राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै हायर पर्चेज कर्जा दिने कम्पनीहरुको चुक्ता पूँजी ३० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको हो ।

निर्देशन अनुसार त्यस्ता कम्पनीहरुले २०७७ असार मसान्तसम्ममा चुक्ता पूँजी वृद्धि गरेर २० करोड रुपैयाँ पुर्याउनुपर्ने छन् भने २०७८ असार मसान्तसम्मको ३० करोड रुपैयाँ पुर्याइसक्नुपर्ने छ । अहिले १० करोड चुक्ता पूँजी भएर संचालनमा भएका कम्पनीले हायर पर्चेज कर्जा दिँदै आएका छन् ।

यसैगरी हायर पर्चेज कर्जाको लागि स्थान तथा बैंक वित्तीय संस्थाको बर्तमान आवस्थालाई अध्ययन गरेर मात्र अनुमति दिने भएको छ । यसैगरी त्यस्ता कम्पनीले आफ्नो नेटवर्थको १० गुणाभन्दा बढी ऋण तथा सापटी समेत लिन पाउनेछैनन् । त्यस्ता कम्पनीले १० लाख रुपैयाँभन्दा बढीको हायर पर्चेज कर्जा प्रदान गर्नुपरेमा अनिवार्य रुपमा कर्जा सुचना केन्द्रमा सूचना दिनुपर्ने छ ।

कम्पनीहरुले हायर पर्चेजको लागि अनुमति लिन चुक्ता पूँजीको शुन्य दशमलव २ प्रतिशत रकम फिर्ता नहुनेगरी बुझाउनु पर्ने छ । साथै बैंकले पुराना कम्पनीहरुको समेत नवीकरण शुल्कसमेत बढाएको छ । विगतमा प्रत्येक दुई बर्षमा एक लाख रुपैयाँका दरले नवीकरण हुने गरेकोमा अब भने २ लाख रुपैयाँ लाग्ने छ ।

यसैगरी राष्ट्र बैंकले हायर पर्चेज कर्जामा स्प्रेड दर समेत तोकिदिएको छ । कम्पनीले ऋण वा सापटी लिएर कर्जा प्रदान गरेको अवस्थामा सापटीमा दिनुपर्ने व्याजदरमा ३ प्रतिशतभन्दा नबढ्नेगरी व्याजदरको मार्जिन कायम गरेको छ ।

निर्देशनको पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस । 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL