Logo

स्ट्यान्डर्ड चार्टडमा नयाँ सिईओ भित्रदा ग्लोबल आईएमईबाट बाहिरिए जनक शर्मा

स्ट्यान्डर्ड चार्टडमा नयाँ सिईओ भित्रदा ग्लोबल आईएमईबाट बाहिरिए जनक शर्मा



काठमाडौं । ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले राजीनामा दिएका छन् । संचालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालसँग कुरा नमिलेपछि सिईओ पौडेलले आफ्नो कार्यकाल बाँकी छँदै राजीनामा दिएका हुन् ।

समाचार स्रोतका अनुसार आईतबार बेलुकाको संचालक समितिको बैंठकमा अध्यक्षसँग कुरा नमिलेपछि सिईओ पौडेलले सोमबार बिहान राजीनामा पेश गरेका हुन् । ४ बर्षे कार्यकालका लागि सिईओ नियुक्त भएका शर्माले करिब ३ बर्ष कार्यकाल बाँकी रहँदै पदबाट राजीनामा दिएका हुन् ।

ग्लोबल आईएमई बैंकमा डेपुटी सिईओ रहेका शर्मा तत्कालिन सिईओ अनिल ज्ञवालीले छाडेसँगै सिईओ भएका थिए । उनी ग्लोबल बैंकमा सहायक महाप्रबन्धकको रुपमा प्रवेश गरेका थिए ।

यसैबीच स्ट्यान्डर्ड चार्टर्ड बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । बैंकदे अनिरभन घोष दस्तिदारलाई नयाँ सिईओमा नियुक्त गरेको हो ।

बैंकको तत्कालिन सिईओ जोसेफ सिल्भानुसलाई फिर्ता बोलाएपछि दस्तिदार नयाँ सिईओ नियुक्त गरेको हो । तर, बैंकको वेवसाईटमा अहिले जोसेफको नामनै सिईओको रुपमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL