Logo

सिटिजन्स बैंक र भारतको एक्सिस बैंकबीच सम्झौता, सिटिजन्सको शाखा मार्फत रेमिट सेवा

सिटिजन्स बैंक र भारतको एक्सिस बैंकबीच सम्झौता, सिटिजन्सको शाखा मार्फत रेमिट सेवा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र एक्सिस बैंक लिमिटेड भारतबीच रेमिटान्स सम्झौता भएको छ । सम्झौता पछि भारतको एक्सिस बैंक मार्फत नेपाल पठाएको रकम सिटिजन्स बैंकको सम्पूर्ण शाखा मार्फत पाउन सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले यस अघि कतारको दोहा बैंक, यूके को क्यास्को फाईनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज, यूएई को अल अहलिया मनि एक्सचेन्ज ब्यूरो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अल दहाब एक्सचेन्ज र अल्फा एक्सचेन्ज संग सम्झौता गरीसकेको छ ।

साथै नेपालकै विभिन्न रेमिटान्स कम्पनी वेस्र्टन यूनियन, मनिग्राम, आइएमई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जेएमई, नेपाल रेमिट, इजिलिङ्क, जिएमइ रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस ,आईपे रिलायबल लगायतबाट आएको रकम समेत भुक्तानी गर्दै आईरहेको छ ।

बैंकले ८१ शाखा, ७५ एटिएम तथा ९९ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा लगायत मार्फत समेत सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL