Logo

कामना विकास बैंक र सुर्या लाईफबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा पोलिसि खरिद

कामना विकास बैंक र सुर्या लाईफबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा पोलिसि खरिद



काठमाडौं । कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

कम्पनी र बैंकबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि बुधबार सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले सम्पूर्ण शाखा मार्फत कम्पनीको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन । सम्झौता पछि बैंकको ब्यवसाय प्रवद्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले अपेक्षा लिएको छ ।

बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सुर्या लाईफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले ६३ शाखा तथा १७ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेका छन । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाईल बैंकिङ, सिआश्वा लगायतका आधुनिक बैंकिङ मार्फत समेत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL