Logo

एनआइसी एशियाको नाफामा १६४ प्रतिशतले वृद्धि, ६ महिनामै कमायो १ अर्ब ५१ करोड

एनआइसी एशियाको नाफामा १६४ प्रतिशतले वृद्धि, ६ महिनामै कमायो १ अर्ब ५१ करोड



काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आफ्नो नाफामा उच्च वृद्धि गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार सो अबधिमा १ अर्ब ५१ करोड रुपैयाँ मुनामाफ आर्जन गरेको छ । यो नाफा गत आबको सोही अबधिको तुलनामा १६४ प्रतिशतले बढी हुन आउँछ । बैंकले गत आबको पुस मसान्तसम्ममा कुल ५७ करोड रुपैयाँ मात्र खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकले सो अबधिमा कुल १ अर्ब ५१ करोड रुपैमा नाफा आर्जन गरेपनि नियामकीय प्रणाली अनुसार समायोजना गर्दा १ अर्ब २६ करोड रुपैयाँ वितरण योग्य नाफा रहेको जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २५ करोड १२ लाख रुपैयाँ समायोजनका लागि छुट्याएको छ ।

सो अबधिमा बैंकले निक्षेप संकलन तथा कर्जा प्रवाहमा उच्च वृद्धि गरको छ । हाल बैंकले निक्षेप संकले ४६ प्रतिशतले बढाउँदै १ अर्ब ७५ अर्ब रुपैयाँ पुयाएको छ । यसैगरी कर्जा प्रबाहमा पनि ४८ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ४९ अर्ब रुपैयाँ पुर्याएको वित्तीय विवरणले देखाएको छ । सो अबधिमा बैंकले बैंकको कष्ट अफ फण्ड, पूँजी कोष अनुपात र आधार ब्याजदर घटाएको छ ।

सो अबधिमा बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९३ पैसा रहेको छ । बैंकको खराव कर्जा कुल कर्जा प्रबाहको शुन्य दशमलव ३० प्रतिशत मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL