Logo

नेपाल एसबिआई बैंकका सेयरधनीलाई १५ प्रतिशत लाभांस, साधारणसभाले गर्याे पारित

नेपाल एसबिआई बैंकका सेयरधनीलाई १५ प्रतिशत लाभांस, साधारणसभाले गर्याे पारित



काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांस दिने भएको छ । बैंकको २५ औँ वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पूँजीमा १५ दशमलव ७९ प्रतिशतका दरले लाभांश (५%वोनश शेयर र १०.७९% नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

उक्त सभाले बैंकको आ.व. २०७४÷७५ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७५ को वासलात, आ.व. २०७४÷७५ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

बैंकले आव २०७४÷७५ मा २७६.१७ करोड रुपैयाँ संचालन मुनाफा र २०२.३५ करोड रुपैयाँ खुद मुनाफा हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL