Logo

सेञ्चुरी बैंकका ३ ओटा प्रदेश कार्यालयको स्थापना, बिराटनगरसँगै भैरहवामा पनि कार्यालय

सेञ्चुरी बैंकका ३ ओटा प्रदेश कार्यालयको स्थापना, बिराटनगरसँगै भैरहवामा पनि कार्यालय



काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले ३ ओटा प्रदेश कार्यालयको स्थापना गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकको नितीमा उल्लेख भए अनुसार प्रदेश नं १ बिराटनगर, प्रदेश नं ३ मानभवन र प्रदेश नं ५ भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको हो ।

यस अघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन गरेको थियो ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय २९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL