Logo

कामना सेवा विकास बैंकको शाखा काठमाडौंको गोंगबुमा, थप २२ शाखा विस्तार गर्दै

कामना सेवा विकास बैंकको शाखा काठमाडौंको गोंगबुमा, थप २२ शाखा विस्तार गर्दै



काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको गोंगबुमा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको उक्त शाखाको संचालक द्वय देव कृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा उद्घाटन गरेका हुन ।

कार्यक्रममा कामु. प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकले प्रदेश नं १ र २ का विभिन्न शहर तथा ग्रामिण इलाकामा गरि १९ वटा र काठमाडौं उपत्यकामा थप ३ स्थानमा गरी २२ वटा शाखाको विस्तार गर्र्ने तयारीमा रहेको बताएका छन ।

बैंकले ६३ शाखा तथा १७ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै एबीबीएस, एसएमएस बैकिङ, मोबाईल बैकिङ, सि आश्वा लगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL