Logo

जनता बैंकका सेयरधनीलाई साढे ८ प्रतिशत नगद लाभांश, साधारण सभामा प्रस्ताव पेश

जनता बैंकका सेयरधनीलाई साढे ८ प्रतिशत नगद लाभांश, साधारण सभामा प्रस्ताव पेश



काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको नवौं वार्षिक साधरण सभाले ८ दशमलब ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

आईतबार बसेको साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पुँजीको ८ दशमलब ५० प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गरेको हो ।
साथै सञ्चालक समितिस्तरिय लेखापरिक्षण समितिको सिफारिसमा आर्थिक बर्ष २०७५÷०७६ को लागि बाह्य लेखा परिक्षकमा चार्टर एकाउन्टेण्ट नियुक्त गर्ने निर्णय गरेको छ ।

सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैक आफै वा सहायक कम्पनी मार्फत सेयर ब्रोकरेज सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रवन्धपत्रमा थप गर्न स्वीकृत दिएको छ । साथै, बैक र अन्य उपयुक्त बैक र वित्तीय संस्था मर्जरमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

नवौ वार्षिक साधारण सभासम्म आईपुग्दा बैकको निक्षेप संकलन ६८ अर्ब र कर्जा लागानी ६३ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकले १ सय २९ शाखा, ५० शाखा रहित बैकिङ सेवा, ७९ एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले चालु आवको प्रथम ३ महिनामा ३२ करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL