Logo

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा उदयपुरको देउरीमा, गाउँमै बैंकिङ सेवा

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा उदयपुरको देउरीमा, गाउँमै बैंकिङ सेवा



काठमाडौं । एनआईसी एशिया बैंकले उदयपुरको त्रियुगा नगरपालिका देउरीमा आफ्नो २३ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले शनीबार एक कार्यक्रमको आयोजना गर्दै उक्त सेवाको सुरुवात गरेको हो ।

उक्त शाखारहित बैंकिङ सेवाको समुद्घाटन त्रियुगा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष उद्धब थापाले गरेका हुन । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा हरि श्रेष्ठलाई नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।

बैंकको उक्त सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्नेछन । उक्त सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्र्न सक्ने पनि बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL