Logo

ओम डेभलपमेन्ट बैंकले दियो लगानीकर्तालाई बोनस सेयर, सहमतिका लागि राष्ट्र बैंकमा पेश

ओम डेभलपमेन्ट बैंकले दियो लगानीकर्तालाई बोनस सेयर, सहमतिका लागि राष्ट्र बैंकमा पेश



काठमाडौं । ओम डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई बोनस सेयर दिने भएको छ । प्राइम कमर्सियल बैंकसँग एक्जिशनमा जान लागेको सो बैंकले आफ्ना लगानीकर्तालाई १२ दशमलव ७० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

बैंक संचालक समितिको शुक्रबार बसेको बैंठकले लगानीकर्तालाई उक्त बोनस सेयर दिने प्रस्ताव पास गरेको नेप्सेलाई जानकारी दिएको छ । साथै उक्त प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरेको र बैंकबाट सहमति आएसँगै आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गरेर वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL