Logo

ग्लोबल आइएमई बैंकका सेयरधनीलाई १६ प्रतिशत लाभांस, साधारणसभाले गर्याे पारित

ग्लोबल आइएमई बैंकका सेयरधनीलाई १६ प्रतिशत लाभांस, साधारणसभाले गर्याे पारित



काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांस दिने भएको छ । बैंकको १२ औँ बार्षिक साधारण सभाले सेयरधनीलाई उक्त लाभांस पारित गरेको हो ।

बैंकले आफ्नो वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई लाभांस दिने जानकारी दिएको छ ।
उक्त लाभांस वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्व ३१ करोड रुपैयाँ पुग्ने छ ।

बैंकले हाल १ सय ३३ शाखा, १ सय ४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १ सय १६ शाखा रहित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL