Logo

सनराइज बैंकको एकैसाथ ६ प्रादेशिक कार्यालय, आजैदेखी कारोबार सुरु

सनराइज बैंकको एकैसाथ ६ प्रादेशिक कार्यालय, आजैदेखी कारोबार सुरु



काठमाडौं । सनराइज बैंकले एकैसाथ ६ वटा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।

बैंकले स्थापना गरेको उक्त प्रादेशिक कार्यालयहरुमा प्रदेश नं १ को ईटहरी, २ को लाहान, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र प्रदेश नं. ७ को अत्तरियामा रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले स्थापना गरेको उक्त प्रादेशिक कार्यालयहरुले आफ्नो मातहतमा रहेका शाखाहरुको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा, संस्थागत सुशासन, साथै व्यापार विस्तारका कार्यहरु छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्नेछ ।

बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक ज्योति कुमार बेगानी लगायतले उक्त प्रादेशिक कार्यालयहरुको संयुक्त उद्घाटन गरेका हुन ।

बैंकले १ सय २ शाखा, २८ शाखारहित बैंकिङ सेवा, ४ एक्सटेन्सन काउण्टर, १ सय १४ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL