Logo

एनआईसी एशिया बैंकको दाबी भुक्तानी, मृतकका परिवारलाई ५ लाख सहयोग

एनआईसी एशिया बैंकको दाबी भुक्तानी, मृतकका परिवारलाई ५ लाख सहयोग



काठमाडौं । एनआईसी एशिया बैंकले राज कृष्ण श्रेष्ठका परिवारलाई ५ लाख रुपैयाँको चेक हस्तानतरण गरेको छ ।

श्रेष्ठले उक्त बैंकमा प्रिमियम समुन्नती बचत खाता खोले वापत ५ लाख रुपैयाँ बराबरको स्वत दुर्घटना बीमा हुने भएकाले बैंकले क्षेतिपूर्ति बापत उक्त चेक श्रेष्ठको परिवारलाई दिएको हो ।

उक्त चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले मृतकका छोरा कृष्ण श्रेष्ठलाई हस्तानतरण गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले २ सय ७० शाखा, २ सय ८९ एटिएम, ३७ एक्सटेन्सन काउण्टर तथा २२ शाखा रहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार २ अर्ब १६ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ६९ करोड रुपैयाँ तथा कर्जा १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL