Logo

एनएमबी बैंकका सेयरधनीलाई ३० प्रतिशत लाभांस, प्रस्ताव स्वीकृत

एनएमबी बैंकका सेयरधनीलाई ३० प्रतिशत लाभांस, प्रस्ताव स्वीकृत



काठमाडौं । एनएमबी बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांस दिने भएको छ । बैंकले आफ्नो २३ औं बार्षिक साधारण सभामा उक्त कुराको जानकारी दिएको हो ।

साधारण सभाले बैंकको को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख पुग्नेछ । हाल बैंकले १ सय १० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL