Logo

एनआईसी एशियाले गर्याे वर्ल्ड रेमिटसँग सम्झौता, ५० भन्दा बढी देशसँग ईनवार्ड रेमिटेन्स सेवा

एनआईसी एशियाले गर्याे वर्ल्ड रेमिटसँग सम्झौता, ५० भन्दा बढी देशसँग ईनवार्ड रेमिटेन्स सेवा



काठमाडौं । एनआईसी एशिया बैंकले वर्ल्ड रेमिट कम्पनीसँग रेमिटेन्स सम्भौता गरेको छ । बैंकले उक्त कम्पनीको सहकार्यमा विश्वका ५० भन्दा बढी देशसँग ईनवार्ड रेमिटेन्सको सुरुवात गरेको हो ।

बैंकले यस सम्बन्धमा वलर््ड रेमिट लिमिटेड बेलायतसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट मिति २०७५/०८/२३ मा स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।

उक्त सम्झौता अनुसार वलर््ड रेमिट मार्फत कतार साउदी अरेविया, दुबई, कुवेट लगायतका ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले तुरुन्त भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम बैंकका २ सय ७० वटा शाखा कार्यालयहरु तथा ६ हजार ७ सय भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन ।

ग्राहकहरुले एजेन्टका मार्फत विप्रेषण सेवा नलिकन आफै आफ्नो मोवाईल मार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्ने पनि बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL