Logo

मुक्तिनाथ विकास बैंकले ल्यायो अनलाईन सेवा, घरमै बसेर खाता खोल्न सकिने

मुक्तिनाथ विकास बैंकले ल्यायो अनलाईन सेवा, घरमै बसेर खाता खोल्न सकिने



काठमाडौं । मुक्तिनाथ विकास बैंकले घरमै बसी खाता खोल्न मिल्ने गरी अनलाईन सेवा सुचारु गरेको छ ।

बैंकले सर्वसाधारणहरुलाई सेवा दिने उद्देश्यले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने  सुविधा ल्याएको हो ।

देशभित्र तथा बाहिर रहेका नेपाली नागरीकहरुले उक्त प्रविधिको माध्यमबाट बैंकमा खाता खोल्न सक्न बैंकले जानकारी दिएको छ ।
उक्त सेवाबाट ग्राहकहरुले आफ्नो समयानुकुल बैंकको वेवसाईटबाट खाता खोल्न सक्नेछन ।

हाल बैंकले १०२ वटा शाखा तथा २० वटा एटिएमबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL