Logo

एनआईसी एशियाले पायो आईएसओ प्रमाण पत्र, यी हुन आधार

एनआईसी एशियाले पायो आईएसओ प्रमाण पत्र, यी हुन आधार



काठमाडौं । एनआईसी एशिया बैंकले ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː २०१५’ प्रमाणपत्र प्राप्त गरेको छ ।

बैंकले विभिन्न ग्राहकमुखि योजना, आफ्नो सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकिय क्षमतामा आधारित सेवामा राम्रो गरेको भन्दै सो प्रमाण पत्र प्राप्त गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले २ सय ७० शाखा, २ सय ८९ एटीएम, ३७ एक्सटेन्सन काउण्टर तथा २२ शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार २ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ६९ करोड रुपैयाँ तथा कर्जा १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL