Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, टिचफर नेपाललाई ५ लाख सहयोग

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, टिचफर नेपाललाई ५ लाख सहयोग



काठमाण्डौं । सनराइज बैंक लिमिटेडले टिचफर नेपाललाई ५ लाख रुपैयाँको चेक प्रदान गरेको छ । बैंकले संस्थागत समाजिक उत्तरदायित्व अन्तरर्गत नेपाललाई उक्त रकम बराबरको चेक प्रदान गरेको हो ।

शैक्षिक सरकारी मातहतका सार्वजनिक विद्यालयहरुमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, शैक्षिक गुणस्तर सुधार गर्न र शैक्षिक प्रणालीमा परिवर्तन गर्नका लागि सो रकम प्रदान गरेको बैंकले जानकारी दिएको छ ।

नेपालले गुणस्तरिय शिक्षा उपलब्ध गराउने उदेश्यले राष्ट्रिय तथा अन्तरराष्ट्रिय विभिन्न विश्वविद्यालयहरुबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरुलाई २ वर्षको लागि स्वयंमसेवी शिक्षकको रुपमा सार्वजनिक विद्यालयमा पठाउने साथै अंग्रेजी, गणित र बिज्ञान बिषयहरुमा अध्यापन गराउँदै आईरहेको छ ।

उक्त सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ज्योति कुमार बेगानी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL