Logo

सिटिजन लाइफ र जनता बैंकबीच सम्झौता, बैंकका शाखामार्फत बीमा सेवा

सिटिजन लाइफ र जनता बैंकबीच सम्झौता, बैंकका शाखामार्फत बीमा सेवा



काठमाडौं । जनता बैंकले सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनीसँग सम्झौता गरेको छ । मंगलबार एक कार्यक्रमका बीच बैंक र इन्सुरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने बारे सम्झौता भएको हो ।

उक्त सम्झौतापश्चात बैंकले आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत बिमा सेवा दिने अभिप्रायले इन्स्युरेन्स कम्पनीहरुसँग संझौता गरेको हो ।

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन ।

यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै १ सय २८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जिवन बिमा गर्न सक्नेछन् । साथै शाखाहरुबाटै बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL