Logo

कामना सेवा विकास बैंकको शाखा काठमाडौंको कलंकीमा, शाखा संख्या ६२ पुग्यो

कामना सेवा विकास बैंकको शाखा काठमाडौंको कलंकीमा, शाखा संख्या ६२ पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं महानगरपालिकाको रिङरोड कलंकीमा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको ६२ औं उक्त शाखाको बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक द्वय देव कृष्ण काफ्ले र विश्वेश्वर सुवेदी तथा कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

कार्यक्रम प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा विस्तार गर्दै जाने बताएका छन ।

बैंकले ६२ शाखा तथा १७ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, सिआश्वा लगायतका सेवा उपलब्ध गराउँदै आईरहको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL