Logo

ग्लोबल आइएमई बैंकको २ शाखा विस्तार, पुग्यो पाल्पाको तानसेन र पूर्वीखोला

ग्लोबल आइएमई बैंकको २ शाखा विस्तार, पुग्यो पाल्पाको तानसेन र पूर्वीखोला



काठमाडौं । ग्लोबल आइएमई बैंकले आईतबार पाल्पामा २ शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको पाल्पाको तानसेन शाखा र पूर्वखोला शाखाको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपाल र तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

उदघाटन कार्यक्रममा बोल्दै गर्भनर नेपालले आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताएका छन ।

बैंकले सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको बताउँदै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, सबै वर्ग र क्षेत्रलाई बैंकिङ पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्धेश्य रहेको बताएका छन ।

बैंकले १ सय ३३ शाखा, १ सय ४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर र १ सय १५ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर, मोबाइल, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL