Logo

सन नेपाल लाइफ र एनआईसी एशियाबीच बैंकान्स्योरेन्स सम्झौता, बैंकका शाखा मार्फत बीमा खरिद

सन नेपाल लाइफ र एनआईसी एशियाबीच बैंकान्स्योरेन्स सम्झौता, बैंकका शाखा मार्फत बीमा खरिद



काठमाडौं । एनआईसी एशिया बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पछि बैंकका सम्पूर्ण शाखा मार्फत सन नेपाल लाइफको बीमा पोलिसी खरिद गर्न सक्ने छन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

बैंकले २ सय ७० शाखा, २ सय ८८ एटिएम, ३७ एक्सटेन्सन काउण्टर तथा २० शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार २ अर्ब १३ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
बैंकको कुल कर्जा करिब १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL