Logo

ज्योति विकास बैंक र चिरायु नेसनल हस्पिटल बीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा छुट

ज्योति विकास बैंक र चिरायु नेसनल हस्पिटल बीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा छुट



काठमाडौं । ज्योति विकास बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बीच एक सहकार्यको सम्झौता भएको छ ।
बैंक र अस्पतालबीच आफ्ना ग्राहकलाई अस्पतालको सेवामा छुट दिनेगरी सहमती भएको हो ।

उक्त सम्झौता अनुसार ज्योती विकास बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई उक्त अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुट सुविधा दिने भएको छ ।

उक्त सम्झौतामा बैंकका नायव महाप्रबन्धक सुशील कुमार शर्मा र अस्पतालका हस्पिटल डाइरेक्टर सन्जिब राजभण्डारीले हस्ताक्षर गरेका हुन । बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको परिचयपत्र देखाइ उक्त सुविधा सुविधाको लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL