Logo

सिभिल बैंक र सन नेपाल लाइफबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा

सिभिल बैंक र सन नेपाल लाइफबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा



काठमाडौं । सिभिल बैंक लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्सबीच जीवन बीमा सम्झौता भएको छ ।

बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सन नेपाल लाइफसँग सम्झौता गरेको हो ।

सिभिल बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सन नेपाल लाइफका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि कम्पनीका जीवन बीमा सेवा बैंकका सम्पूर्ण शाखा मार्फत उपलब्ध हुने बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले बताएका छन ।

बैंकको चालु आर्थिक वर्षको प्रथम चौमासमा १८ करोड ५० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६३ दशमलब ९९ प्रतिशतले बृद्धी भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL