Logo

सिटिजन्स बैंकको शाखा स्थानन्तरण, सुविधा सम्पन्न भवनबाट बैंकिंङ सेवा

सिटिजन्स बैंकको शाखा स्थानन्तरण, सुविधा सम्पन्न भवनबाट बैंकिंङ सेवा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा स्थान्तरण गरी कारोबार संचालन गरेको छ ।

भरतपुर महानगरपालिकाको ३ मा रहेको भवनबाट कारोबार गर्दै आएको बैंकले करिब १ सय मिटरको दुरीमा उक्त शाखा स्थानन्तर गरी मंगलबार देखी कारोबार संचालनमा ल्याएको हो ।

सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

औद्योगिक नगरी नारायणघाटमा आयात, निर्यात, व्यापार तथा अन्य व्यवसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र यसलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न योजनाहरु समेत संचालन गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकले ८० शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा लगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL