Logo

युएसडी कार्डबाट रकम जम्मा गरी चोरी गर्ने श्रेष्ठ पक्राउ, सिबिएस सिस्टममार्फत रकमान्नतर

युएसडी कार्डबाट रकम जम्मा गरी चोरी गर्ने श्रेष्ठ पक्राउ, सिबिएस सिस्टममार्फत रकमान्नतर



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकमा युएसडी कार्ड प्रयोग गरी रकम निकाल्ने र जम्मा गर्ने संजय कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेका छन ।

प्रहरीले उनलाई पेप्सीकोला सनसिटीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार श्रेष्ठले उक्त बैंकमा खाता खोली ई बैंकिङ, मोबाईल बैंकिङ र ईसेवा वालेट जस्ता विद्युतीय उपकरण प्रयोग गरी अनाधिकृत रुपमा आफ्नो खातामा रकम जम्मा गरेको पाईएको छ ।

श्रेष्ठले अनाधिकृत रुपमा आफ्नो खातामा रकम जम्मा गर्ने र भुक्तानीका लागि एटिएम तथा पोस मेसिनहरु प्रयोग गर्ने गरेको प्रहरीको बयानमा खुलेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बममोजिम अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

श्रेष्ठले बैंकको आफ्नो खातामा बैंककको सिबिएस सिस्टम मार्फत नेपाली १ रुपैयाँ ट्रान्सफर गर्दा डलर १ नै जम्मा हुने गरी करिब ७८ हजार ३ सय ८० रुपैयाँ रकम जम्मा गरेको अनुसन्धानमा खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL