Logo

सेञ्चुरी बैंकको एटिएम नारायणगढको बेलचोकमा, एटिएम सेवा संख्या ५८ पुग्यो

सेञ्चुरी बैंकको एटिएम नारायणगढको बेलचोकमा, एटिएम सेवा संख्या ५८ पुग्यो



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मंगलबार देखी एटिम सेवा संचालनमा ल्याएको छ ।

बैंकले ग्राहकको सेवामा थप विस्तार गर्ने उदेश्यले चितवनको नारायणगढ शाखा बेलचोकबाट एटिएम सेवा संचालनमा ल्याएको हो ।

मंगलबार देखी संचालनमा ल्याएको उक्त एटिएमको बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले उद्घाटन गरेका हुन ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखा तथा ६ एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९५ शाखा तथा २ वटा एक्स्टेन्सन काउन्टरका

साथै १२ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बेलचोकको उक्त एटिएम संचालन सँगै बैंकको एटिएम सेवा संख्या ५८ पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL