Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई गर्याे आर्थिक सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई गर्याे आर्थिक सहयोग



सिटिजन्स बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले मंगलबार पाल्पा जिल्ला रिब्दिकोट को प्रभात माध्यमिक विद्यालयलाई आर्थिक सहयोग स्वरुप २ लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बिच बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुल बहादुर कुँवरलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन ।

कृषि बाली विज्ञान अध्ययन गर्ने जेटीएका विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा प्रदान गर्न चाहिने सामाग्रीको खरिद गरिनुका साथ साथै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका निम्ति उक्त रकमको प्रयोग गरिने विद्यालयका अध्यक्ष श्री कुँवरले जानकारी दिए ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकरात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL