Logo

जनता बैंकले सुरु गर्याे ई पेमेन्ट सेवा, अनलाईन सपिङ गर्दा भीसा कार्डमार्फत भुक्तानी

जनता बैंकले सुरु गर्याे ई पेमेन्ट सेवा, अनलाईन सपिङ गर्दा भीसा कार्डमार्फत भुक्तानी



काठमाडौं । जनता बैंकले ई पेमेन्टको सुरुवात गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई ईन्टरनेट मार्फत गरिएको वस्तु तथा सेवाको खरिदमा कार्डमार्फत तुरुन्त भुक्तान गर्न सकिने गरी उक्त सेवाको सुरुवात गरेको हो ।

बैंकका कार्ड होल्डरहरुले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान खरिद गर्दा बैंकको कार्ड नं उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्नेछन् ।

यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा आफ्नो इमेल तथा मोबाईलमा छुट्टै पिन नम्बर प्राप्त गर्ने छन्, जसले गर्दा कार्ड कारोबारलाई अझै सुरक्षित बनाउने बैंकको अनुमान रहेको छ ।

सो सेवा लिनका लागि ग्राहकसंग बैंकको डेविट वा क्रेडिट कार्ड भएको हुनुपर्ने छ । यो सेवा प्रयोग गरे बापत कुनै थप शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

साथै बैंकले विदेश स्थित विश्वविद्यालय/कलेजसंग सम्बन्धित बिभिन्न शुल्कहरु सम्बन्धित विश्वविद्यालय÷कलेजको खातामा सोझै जम्मा गर्न सकिने सेवाको समेत शुरुवात गरेको छ ।

भिसा इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’ मा आधारित यो प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबार पूर्ण सुरक्षित रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL