Logo

सिभिल बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखामार्फत बीमा सेवा

सिभिल बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखामार्फत बीमा सेवा



काठमाडौं । सिभिल बैंकले अजोड ईन्स्योरेन्स सँग सम्झौता गरेको छ । बैंकले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससंग सम्झौता गरेको हो ।

उक्त सम्झौतापश्चात अजोड इन्स्योरेन्सका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध हुनेछन ।

सिभिल बैंकले यस अघि पनि जीवन वीमा कम्पनिहरु मेटलाइफ, एलआईसी नेपाल, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, यूनियन लाईफ इन्स्योरेन्स र सूर्या लाईफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन वीमा कम्पनिहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL