Logo

मुक्तिनाथ विकास बैंकका लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर, २० प्रतिशत हकप्रद दिँदै

मुक्तिनाथ विकास बैंकका लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर, २० प्रतिशत हकप्रद दिँदै



काठमाडौं । मूक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीहरुलाई कुल मुनाफाको १९ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

बैंकले ० दशमलव ९६ प्रतिशत कर प्रयोजनार्थ र १८ दशमलव २५ प्रतिशत वोनस सेयर वापत १९ दशमलव २१ प्रतिशत लाभाँस दिने भएको हो ।

आफ्नो १२ औं बार्षिक साधारण सभामार्फत बैंकले २०७४÷०७५ को वार्षिक प्रतिवेदन, चालु आबको लागि लेखापरीक्षको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।

यस्तै बैंकले उक्त कार्यक्रममार्फत वोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी को २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव पनि पारित गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL